अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ५ जना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया बजार स्थित विभिन्न होटलहरुमा अनैतिक क्रियाकलाप संलग्न ५ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ स्थित सार्थक होटल र गोदावरी नगरपालिका– २ स्थित विजय होटलबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक सहित पुरुष जना ३ र महिला २ जना रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.