कैलारीमा नदिमा डुवेर एक बालकको मृत्यु

अत्तरिया : कैलारी गाउँपालिका वडा नम्बर ६ भगतपुर स्थित घुरा नदिमा एक नाबालकको शव फेला परेको छ । आज दिउँसो करिब ३ बजेर २० मिनेटको समयमा अन्दाजी ११ र १२ बर्षको केटा मान्छेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

घुरा नदिमा नुहाउने क्रममा नदिमा डुबी मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । बालकको नाम,थर,उमेर र कुन ठाउँको हो भन्ने पहिचान नखुलेको बताइएको छ । सो ठाउँ नजिकका व्यक्तिहरुलाई बालकको पहिचानका लागि सहयोग गरिदिन हुन अनुरोध गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.