धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको दावी गरेकी छन ।
बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको धनगढी–गौरीफन्टा नाकाको सतरोन्नती गरिदिन र धनगढीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाई दिन अनुरोध गरेको बताईन ।
‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नीका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु । त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिनुभएको छ’ देउवाले भनिन । उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई धनगढी–गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको समेत बताईन । ‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु । यस नाकाले नेपाल र भारतको ब्यापार ब्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु । त्यो सबै कुरा भारतलाई लिखित रुपमा बुझाउन भनेको छ’ उनले भनिन ।
परारापष्ट्रमन्त्री देउवाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि पनि भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको बताईन । ‘मैले भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट मैदान, महाकाली नदीका विभिन्न स्थानमा पक्की पुल बनाउन पनि कुराकानी गरेको छु । त्यसमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ’ उनले भनिन ।
सम्बन्धित पाेस्टहरु