एक महिला कर्णाली पुलबाट हाम फालेर वेपत्ता

अत्तरिया : कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन् । कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानी स्थित कर्णाली पुलमा एक महिलाले नदिमा हाम फाली बेपत्ता भएकी हुन् ।

नाम, थर नखुलेकी तर अनुमानित ४०–४५ वर्षको उमेरकी महिलाले हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी निरीक्षक राम डाँगीको कमाण्डमा ५ जना प्रहरी टोली घटनास्थलमा पठाई खोजी कार्य जारी रहेको जनाईएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.