गोदावरी नगरबाट लागूऔषधसहित एक जना पक्राउ By अग्नी समाचार On २०८१ भाद्र १६, आईतवार १८:१५ अत्तरिया : कैलालीको गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१अत्तरियाका २७ वर्षीय कैलाश चौधरी लागूऔषधसहित पक्राउ परेका छन्। उनलाई १४० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।