चुरेमा सामुदायिक वनमा आर्थिक अनियमिता

अत्तरिया : कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा रहेको शिवपार्वती सामुदायीक वन उपभोतmा समुहमा आर्थिक अनियमिता भएको छ ।
सामुदायीक वनले वार्षीक रुपमा ढलापडा, सुख्खाखडा काठ दाउरा सामुदायीक वनको विधान अनुसार डिभिजन वनको सहमती कटान आदेशपछि निकाल्न पाइने कानुनी प्रावधान छ । सामुदायीक वनका पदाधिकारीहरुले डिभिजन वनको सहमती भन्दा बढी रुख काटीएको स्थानीयको आरोप छ ।
सामुदायीक वनले बार्षीक रुपमा कटान गरिएको काठदाउराबाट समुहले १ करोड ७९ लाख बराबरको वन पैदावर बिक्रिवितरण गरेको जनाएको छ ।
यसरी वन पैदावर बिक्रीबितरण गरिएको रकम समुहका पदाधिकारीहरुले हिनामिना गरेको आरोप लागेको छ । सामुदायीक वनको बार्षीक साधारण सभा र सार्वजनिक लेखा परीक्षण गरिएको छैन । सामुदायीक वनको बार्षीक आम्दानी बारेमा न त स्थानीय, न त उपभोतmाहरुलाइ नै थाहा छ ।
‘सामुदायीक वन उपभोतmा समुहले वन पैदावरबाट आएको आम्दानीको मनपरि ढङ्गले खर्च गरेको’ स्थानीय तथा उपभोतmा लक्षीराम बिकले भने । सामुदायीक वनले न त सार्वजनिक लेखा परिक्षण गरेको छ न त समुहलाइ जानकारी नै दिएको छ मनपरि ढङ्गले आफु खुसी रकम बितरण तथा खर्च गरेको उनले बताए । उनले भने ‘सुर्यमुखी आधारभूत विद्यालयलाई दिइएको २० लाख रुपैया पनि विद्यालयको खातामा नभइ विद्यालय व्यवस्थापन समितीको अध्यक्ष भतmबहादुर तारामीको व्यतmीगत खातामा हालेपछि सामुदायीक वन पदाधिकारी माथि सकां गर्दै अनियमीता भएको ठोकुवा गरे । स्थानीय काठ व्यवसायी भरत थापाले सामुदायीक वनको ५७ लाख रुपैया समुहले आफुखुसी दिइएको बताए ।
समुहले आर्थिक पार्दर्षीकता नगरेको भन्दै अख्तियार अनुसन्धान केन्द्र टङ्गाल काठमान्डौ र महेन्द्रनगरमा आर्थिक अनियमिता गरेको भन्दै सामुदायीक वनका अध्यक्ष,सचिव र कोषाअध्यक्षको नाममा मुद्धा परेको छ ।
सामुदायीक वनका कार्यसमिती कोषाअध्यक्ष योगेन्द्र चन्दले भने । ‘हामी साधारणसभा गरेर ढलापडा काठ सङ्कलन गरेको हो, विद्यालयलाइ २० लाख आर्थिक सहयोग गरेको, डिभिजन बनको कटान आदेस स्वीकृत मात्र काठ काटीएको र नेपाल सरकारले काठको विक्रीवितरण, संकलनको सुत्र परिमाजित गरेको कारणले कम मुल्यमा काठ दाउरा विक्रि वितरण भएको छ ।’
सामुदायीक वनको आम्दानी सार्वजनिक सम्पती भएकोले सामुदायीक वनका पदाधिकारीले व्यतmीगतरुपमा जथाभावी खर्च गरेर अनियमितता गरेको पुष्टि भएको छ । विद्यालयलाइ दिएको २० लाख रुपैयाँ अध्यक्षले विद्यालयको खातामा १६ लाख ८० हजार रुपैया मात्र हालेर ३ लाख २० हजारको हिसाब देखाएका छैन । चुरे गाउँपालिका वडा न ४ वडा अध्यक्ष चन्द्रबहादुर लामिछानेले समुहबाट ८ लाख ६६ हजार रुपैयाँ सापटी दिएको सामुदायाीक वनका अध्यक्ष किसोरबहादुर खप्तडी मगरले बताए । यसरी समुहका पदाधिकारीहरुले मनपरि रुपमा पैसा खर्च गरेका छन ।
घट्नाका बारेमा सवडिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले भने । ‘हामीले अनुसन्धान सुरुगरि सकेका छौ, पटक–पटक सार्वजनिक सुनुवाइ गर्न पत्राचार गरिएको, अख्तियार पत्र पाएका छौ समुहका त्यसको जवाफ मागेका पत्राचार गरेको १० दिन भयो ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.