अत्तरिया : कैलाली जिल्लाको गोदावरी नगरपालिका अत्तरियामा भ्यान दुर्घटना भएको छ । सोमबार राति ३ बजेको समयमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ज ०५४४ नम्बरको भ्यान अत्तरिया सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रदेश प्रहरी कार्यालय अत्तरियाले बताएको छ। भ्यान अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।
भ्यानमा चालक मात्र सवार रहेकाले अन्य मानवीय क्षति नभएको प्रहरीको भनाइ रहेको छ। भ्यान दुर्घटना भएपछि चालक भने फरार रहेका छन् र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना भएको भ्यान बझाङ जिल्लाको थलारा गाउँपालिकाका वडा अध्यक्ष अनिल बिष्टको रहेको जनाएको छ।