डुङ्गाबाट तरेर नेपालीहरु किनमेलका लागि पुग्छन् भारतीय बजार

अत्तरिया, २३ असोज : वडा सुरुभएको छ । हिन्दु धर्मालम्बीहरु घर लिपपोत, रङ रोगन तथा किनमेलका लागि व्यस्त छन् । किसानलाई धान बाली भित्र्याउन चटारोसङ्गै किनमेल गर्न भ्याइ न भ्याइ छ । कैलालीका ठूला बजार धनगढी, अत्तरिया, टिकापुर, लम्की लगायतका प्राय बजार सुनसान छन् । तर, कैलालीसंग सीमा जोडिएका भारतीय बजार टिकुनियया, चन्दन चौकी, सुडा , बनगाँवा, पलिया लगायतका बजारमा भने किनमेल गर्ने नेपालीहरुको घुइँचो छ ।

धनगढीकी सुनिता चौधरी पनि घरायसी सामान र बच्चाहरुलाई लुगा किन्न बनगाँवा पुगेकी हुन । उनले भनिन, ‘धनगढीभन्दा यहाँ सामान सस्तोमा पाइने भएकाले यता आएको हुँ ।’
बिजुलिया गाउँकी मनिषा चौधरी पनि साइकलमा १८ किलो मिटर दूरी पार गरेर भारतीय बजार टिकुनिया सामान किन्न पुगेको बताइन् । मनिषाले भनिन्, ‘घरायसी सरसामान किन्न मोहना नदीमा डुङ्गा चढेर टिकुनिया पुगेकी हुँ ।’ नेपाली बजार सुखड, भजनीभन्दा घरायसी दैनिक उपभोग्य सामाग्री सस्तो पर्ने भएकाले १८ किलोमीटर साइकल मै आएर सामान किनेको उनले बताइन् । नेपालीहरु सस्तोमा सामान पाइने भन्दै सीमावर्ती भारतीय बजारमा गएपछि कोरोनाले थलियका नेपाली व्यापारीहरु चिन्तित भएका छन् । सुखडमा कपडा व्यवसाय गर्दै आएकी राधा आर्चायले भनिन्, ‘पहिलेको जस्तो व्यापार छैन । दशैको समयमा हामीलाई ग्राहकलाई सामान देखाउन, बेच्न भ्याइ नभ्याइ हुनुपर्ने हो तर ग्राहक नै आउदैनन ।’ चाड पर्वको बेला हुने व्यापारले हामीलाई अलि आफ्नो व्यापारको रोटेसन मिलाउन सजिलो हुने थियो । तर, यो बेला नि व्यापार सोचेजस्तो नहुँदा व्यापार कसरी गर्ने भन्ने चिन्ता रहेको उनले बताइन् ।
सोमबार भारतिय बजार घुमफिर गर्न टिकुनिया पुगेका संविधानसभा सदस्य हरि श्रीपाइलीले भने, ‘भारतीय बजारमा दैनिक करोडौंको व्यापार हुन्छ । त्यहाँका ग्राहक भनेकै नेपाली हुन् ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.