अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया :  कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियाबाट सोहि पालिका–४ का २८ वर्षीय लोकेन्द्र बोगटी पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
बोगटीको साथबाट ६० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.