निर्देशक तथा मोडेल रमेश बिजुली र झरना बोहराको अभिनयमा “रैबार लैजा ईन्द्रा” गित सार्वजनिक

अत्तरिया : चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसी र प्रकाश जेठाराको स्वारमा “रैबार लैजा ईन्द्रा” बोलको गीत रमेश बिजुली बिसी (डाईरेक्टर) को युट्युब च्यानल मार्फतसार्वजनिक भएको छ।

रमेश बिजुली बिसीको निर्देशनमा रहेको उक्त देउडा गीतमा निर्देशक रमेश बिजुली बिसी र झरना बोहराको अभिनय गरेका छन। सुदूरपश्चिमको मौलिकपन झल्कने देउडा गीतको प्रेम मल्लको उत्कृष्ट शब्द रहेको छ भने उक्त गीतको सङ्गीत सृजना प्रकाश जेठाराले गरेका हुन्। पछिल्लो समयमा सामाजिक संजाल टिकटक र फेसबुकको रिलहरु उल्लेख्य सहभागिता रहेको रैबार लैजा ईन्द्राको गित राम्रो नै बनेको निर्देशक रमेश बिजुली बताउछन ।

यसपटक पनि उनीहरूले माया प्रेमका कथा बेथालाई देउडा गीत मार्फद देखाउन खोजेका छन । यस गीतको म्युजिक भिडियो प्रर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी कैलालीको गोदावरी, अत्तरियामा छायाङ्कन गरीएको हो। उक्त गाउँ परिवेशलाई भिडियोमा कैद गरी छायाङ्कन गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.