रवि पक्राउको विरोधमा आन्दोलनको औचित्य छैन : देउवा

अत्तरिया :ः पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभामपति रवि लामिछाने पक्राउको विरोध गर्दै आन्दोलनको कुनै तुक नरहेको बताएका छन् । गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन आज आईतबार धनगढी बिमानस्थलमा देउवाले सञ्चारकर्मीहरु सगं संक्षिप्त प्रतिक्रिया दिदै यस्तो बताएका हुन् । रवि लामिछानेलाई कानुन अनुसार कार्वाही हुने उनले बताए । ससंदीय छानविन समितिको प्रतिवेदन अनुसार लामिछाने पक्राउ परेको भन्दै देउवाले उनलाई कानुन अनुसार कार्वाही हुने दावी गरे । अन्य राजनीतिक दलका नेताहरु पनि विभिन्न मुद्धामा पक्राउ परेर कार्वाही भोगिरहेको स्मरण गराउँदै देउवाले कानुनको सबैले पालना गर्नुपर्ने बताए । लामिछाने पक्राउको विरोधमा आन्दोलन गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै देउवाले उनको छानबिनमा सघाउन आग्रह गरे ।
देउवाले सरकारलाई कमजोर पार्ने खालले बर्तमान सरकार ढल्छ भन्ने गलत हल्ला फैलाइएको भन्दै यसको बिस्वास नगर्न आग्रह गरे । बर्तमान समस्या र अस्थिर सरकारलाई स्थिर बनाउन यो समिकरण बनेकाले पुरै कार्यकाल यही समिकरणले निरन्तरता पाउने दावी गरे । करिब साढे ११ बजे धनगढी विमानस्थल पुगेका देउवालाई नेपाली काग्रेंसका नेता कार्यक्रताहरुले स्वागत गरेका थिए । धनगढी बिमानस्थल हुँदै देउवा आफ्नो निजि निवासमा कार्यक्रताहरु सगं भेटघाट गरिरहेका छन् । आज धनगढीमै बस्ने देउवा भोली बिहान डडेल्धुरा प्रस्थान हुने छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.