बैतडीमा देउरानीको हत्या आरोपमा जेठानी पक्राउ

बैतडी : डिलासैनी गाउँपालिकामा २३ वर्षीया देउरानीको हत्या गरेको आरोपमा ३० वर्षीया जेठानीलाई पक्राउ गरिएको छ । डिलासैनी गाउँपालिका–२ छेपट्टा डुङरी बस्ने देउरानी सुनीता बोहराको हत्या गरेको अभियोगमा जेठानी दीपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार राति घरायसी विवाद भई झैझगडा हुँदा दीपाले दाउराको चिर्पट प्रहार गर्दा सुनीताको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले दीपालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

बोहरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.