बैतडीमा बाँदर, दुम्सी र बँदेलको आतङ्क

अत्तरिया : बैतडीमा जङ्गली जनावरको आतङ्कले स्थानीय हैरान भएका छन्। जङ्गली जनावरको आतङ्कले किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बैतडीको पाटन नगरपालिका बाहेक ९ पालिकामा बाँदर, दुम्सी र बँदेलको बिगबिगी छ। जङ्गली जनावरका कारण सर्वसाधारणले खेतीपाती गर्नछोडेका छन्। बाँदर र बँदेलका कारण जिल्लामा खाद्य असुरक्षा बढेको छ। बैतडीमा १० वर्षयतादेखि जङ्गली जनावरको आतङ्क बढेको हो। जङ्गली जनावर व्यवस्थापन गर्न स्थानीयबाट माग भए पनि सरकारी तहबाट कुनै प्रयास भएको छैन।
बैतडीमा जङ्गली जनावरको आतङ्कले स्थानीय हैरान भएका छन्। जिल्लाका १० मध्ये ९ पालिकामा जङ्गली जनावरको आतङ्कले स्थानीय हैरान भएका हुन्। बैतडीको पाटन नगरपालिकामा तुलनात्मक रूपले जङ्गली जनावरको आतङ्क कम भए पनि अन्य ९ पालिकामा स्थानीयले खेती भित्र्याउन निकै सास्ती खेप्नु परेको छ।

पाँच वर्ष अगाडिसम्म बाँदर, बँदेल र दुम्सी देखा नपरेको गाउँबस्तीमा अहिले बिगबिगी बढेको पुरचौडीं नगरपालिकाका नगर प्रवक्ता धिरेन्द्र बमले बताए। उनले गाउँघरमा बाँदरको आतङ्क अलि कम भए पनि बँदेल र दुम्सीको आतङ्क पालिकाको १० वटै वडामा बढेको बताएका छन्। उनले भने, ‘बाँदरको आतंक वडा नम्बर १, २, ६, ७ र ८ मा बढेको छ भने सबै वडामा दुम्सी र बँदेलको बिगबिगी छ। जङ्गली जनावरले किसानको खेतीपातीनस्ट गर्ने हुँदा स्थानीय निकै पीडित भएका छन्।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.