धनगढीका नगरप्रमुख हमाललाई मस्तिष्कघात

अत्तरिया : धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक) को समस्या देखिएपछि नगरप्रमुख हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो ।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज (शनिबार) उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार हमाललाई ब्रेन अट्याक भएको पुष्टि भएको छ। यसअघि पनि उनले भारतका विभिन्न सहरहरूमा स्वास्थ्य उपचार गराउँदै आएका थिए। उनका मस्तिष्कको नसामा समस्या रहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.