नेपाल प्रजातान्त्रीक सेनानी संघको प्रदेश अधिवेशन धनगढीमा हुँदै

अत्तरिया, ४ पुस : नेपाल प्रजातान्त्रीक सेनानी संघ सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुँदैछ । शनिबार धनगढीको ओम प्यालेसमा संघको प्रथम अधिवेशन हुने भएको हो ।
सुदूरपश्चिममा संघ प्रदशको डडेल्धुरा वाहेक सबै जिल्लाको अधिवेशन सम्पन्न भईसकेको जनाएको छ । बिहिबार संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै एक सय ३७ जना सदस्यहरुको सहभागितामा अधिवेशन हुने नेता पुस्करराज ओझाले बताए । सम्मेलनले २५ सदस्यीय प्रदेशको नयाँ कार्य समिति समेत गठन गर्ने छ । संघको अहिले तदर्थ समितिको अध्यक्षमा हरिलाल खनाल रहेका छन् ।
अधिवेनको उद्घाटन काँग्रेसका वरिष्ठ नेता डा. शिखर कोइरालाले गर्ने कार्यक्रम तय भएको छ । दुई दिनसम्म हुने अधिवेशनमा ८१ जना संघका केन्द्रिय सदस्यहरुको सहभागिता रहनेछ । प्रजातन्त्रमा योगदान दिएकाहरुको न्याय दिनु यस अधिवेशनको मुख्य उदेश्य रहेको नेता ओझाले पत्रकार सम्मलनमा जानकारी गराए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.