सत्कार होटल अत्तरियाबाट यौन गतिविधीमा संलग्न जोडी पक्राउ

अत्तरिया : अत्तरियाको सत्कार होटल एण्ड लजबाट यौन गतिविधीमा संलग्न रहेको एक जोडीलाई पक्राउ गरिएको छ । गोदावरी नगरपालिका–२ पहाड रोडमा सञ्चालनमा रहेको होटलमा यौन गतिविधीमा संलग्न कृष्णपुर नगरपालिका–५ का २४ वर्षीया निमबहादुर चौधरी र २८ वर्षीया पार्वती बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले अनैतिक गतिविधीमा संलग्न रहेका उनीहरुलाई होटलमा छापा हानेर पक्राउ गरिएको जानकारी दिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.