बाल यौनदुर्व्यवहार मुद्दामा फरार एक जना पक्राउ

अत्तरिया : डडेल्धुरामा बाल यौनदुर्व्यवहार मुद्दामा फरार एक जना पक्राउ परेका छन् । पक्रउ पर्नेमा जिल्लाको परशुराम नगरपालिका–१२ जोगबुढाका ५० वर्षीय काले कामी रहेका छन् ।

प्रहरीका अनुसार कामीलाई जिल्ला अदालत डडेल्धुराबाट बाल यौनदुर्व्यवहार मुद्दामा ३ महिना कैद सजाय, ५ हजार जरिवाना र १० हजार क्षतिपुर्ती तोकिएको थियो । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनको घर ठेगानाबाटै नियन्त्रणमा लिएको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.