कैलाली गोदावरीबाट भन्सार छलीको सामान बरामद

अत्तरिया : कैलालीको गोदावरीबाट अवैध रूपमा भारतबाट भित्र्याइएको भन्सार छलीको सामान बरामद गरिएको छ । बुधवार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ गोदावरीबाट भन्सार छलीको सामान बरामद गरेको हो ।

बेवारिसे अवस्थामा फेला परेको उक्त सामान अन्तरगत सुट, साडी र विभिन्न किसिमका श्रीगारका सामान रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उक्त सामान १ लाख २२ हजार १७० रुपैयाँ बराबरको रहेको डिएसपी थापाले बताए । उनले बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कैलाली पठाइएको जनाए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.