युवतीसँग अर्धनग्न अवस्थामा भेटिए बाजुरा वनका हाकिम, सोधियो स्पष्टीकरण

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पटक पटक बिवादमा आइरहने वनका अधिकृत सुरेशचन्द्र डिसीको फेरी नयाँ काण्ड बाहिरीको छ । डिभिजन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत डिसीको अर्धनग्न र घुस लिँदै गरेको अवस्थामा युवतीसँग तस्बिर बाहिरिएको हो।

वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग भएको तस्बिर सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीले समेत फेला पारेको छ । डिसीको युवतीसँग बसेको अर्धनग्न तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने तस्बिर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले स्पष्टीकरण सोधेको छ।

तस्बिर सार्वजनिक भएपछि निर्देशनालयका वन निर्देशक हेमराज विष्टले ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न आज ९बुधबार० नै पत्राचार गरिएको बताएका छन्। उनले निजामती सेवा ऐन, २०७९ को दफा १०१ तथा सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम १३१ मा व्यवस्था भए बमोजिम डिसीलाई पत्र प्राप्त भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भनिएको पत्र दिएको बताएका छन्।

तस्बिरमा एउटाले घुस दिनका लागि पैसा दिँदै गरेको जस्तो देखिने फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। डिसीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निलम्बन गरी कारबाहीको माग गरिएको छ। तस्बिर सही हो भने कर्मचारी आचारसंहिता अनुसार कार्वाही गरिने वन निर्देशक विष्टले बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.