गोदावरी नगरका विद्यालयहरूमा यसरी मनाईयो श्रीपञ्चमी अर्थात सरस्वती पूजा

अत्तरिया – सोमबार देशभर श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी विभिन्न विद्यालयहरूमा विविध कार्यक्रम आयोजना गरिएको छ । यस अवसरमा बालबालिकालाई पहिलो पटक अक्षर लेख्न सिकाउने (अक्षराम्भ ) पनि गरिन्छ ।


यसै गरी जिल्ला कैलालीको गोदावरी नगरपालिकाका विभिन्न विद्यालयमा पनि सरस्वती पुजा गरिएको छ । दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय, घटेश्वर मावि, किड्स जोन, सत्यवती एकेडेमी, भागेश्वर आधारभूत विद्यालय लगायतका शैक्षिक संस्थाहरूले सरस्वती पूजाको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेका हुन् । विद्यार्थीहरूले पुस्तक, कलम, कलासम्बन्धी सामग्री तथा संगीतका वाद्ययन्त्रहरूको पूजा गरी सरस्वतीको आराधना गरेका छन् ।


कयौ विद्यालयहरूमा नृत्य प्रतियोगिता, हस्तकला प्रदर्शनी, सरस्वती वन्दना वाचन, सांस्कृतिक कार्यक्रम तथा अक्षराम्भ कार्यक्रम आयोजना गरिएको थियो । सरस्वती पूजाका अवसरमा विशेष छुटका साथ विद्यार्थीहरूलाई भर्ना गर्ने अभियान समेत सञ्चालन गरिएको छ ।
विद्यालयका अनुसार सरस्वती पूजाका अवसरमा विद्यार्थी, शिक्षक, तथा अभिभावकहरू बीच शुभकामना आदानप्रदान गर्दै प्रसाद वितरण गरिएको थियो ।


यसरी गोदावरी नगरपालिकाका विद्यालयहरूले सरस्वती पूजाको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरी भक्तिपूर्वक र भव्य रूपमा यो पवित्र पर्व मनाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.