सुदूरपश्चिममा दुई प्रदेश प्रमुखबीच भेटवार्ता

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा दुई प्रदेशका प्रदेश प्रमुखबिच भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबिच आज सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबिच संविधानले दिएको अधिकारमा रहेर अन्तर प्रदेश समन्वय गर्ने, असल र राम्रा कामको अनुसरण गर्ने लगायतका विषयमा कुराकानी भएको थियो । प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले मायाको चिनो दिएका थिए ।

गण्डकी प्रदेश प्रमुख भट्टको गृह प्रदेश सुदूरपश्चिम हो । सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम सुन्दर पश्चिम रहेको बताएका थिए । भेटमा गण्डकी प्रदेश प्रमुख भट्टसहित प्रेस संयोजक रञ्जन अधिकारी उपस्थित थिए । सुदूरपश्चिम प्रदेशबाट प्रमुखसहित कार्यालय प्रमुख नवराज ढुङ्गाना, प्रमुख स्वकीय सचिव साबिर अली लगायतको लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.