गोदावरीमा निःशुल्क लोकसेवा र शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरिर्दै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क लोकसेवा आयोग र शिक्षा सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै लोकसेवाको चौथो र पाँचौँ तथा निमावि, प्राविको तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने जनाएको हो ।

तालिममा महिला, दलित, जनजाति, अपाङ्गता भएका र आर्थिक अवस्था कमजोर भएका व्यक्ति सहभागी हुन सक्ने जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको हकमा भने वडा कार्यालयको सिफारिस चाहिने छ । तयारी कक्षामा सहभागिताका लागि फागुन १६ गते भित्र नगरपालिकामा आवेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज जोशीले जानकारी दिए । तयारी कक्षा एक महिना सञ्चालन हुने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.