अत्तरिया, ७ फागुन : सुदूरपश्चिम प्रदेशमा २०२४ सालभरि मानव अधिकार उल्लंघन तथा ज्यादतीका एक हजार बढी जना मानव अधिकारीका घट्नाबाट पीडित भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशले सार्वजनिक गरेको प्रतिवेदन अनुसार १,०८१ घटनामा १,०८८ जना पीडित भएका छन् । २०२४ मा ११ जना मानव अधिकार उल्लंघन तथा १,०७० जना ज्यादतीका घटनाबाट पीडित बनेका हुन् ।
इन्सेकले बुधबार एक कार्यक्रममार्फत “मानव अधिकार पुस्तक २०२४” सार्वजनिक गर्दै यी तथ्यांक प्रस्तुत गरेको हो । इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीका अनुसार २०२३ सालको तुलनामा २०२४ मा १०२ जना कम पीडित भएका छन् ।
इन्सेकका तथ्यांकअनुसार ९४७ महिला अधिकार उल्लंघनका घटना भएका छन् । बाल अधिकार उल्लंघनका १०५ घटनामा बालबालिका पीडित बनेका छन् भने जातीय विभेदका ३ घटना दर्ता भएका छन् ।
राज्य पक्षबाट ६ जनामाथि कुटपिट, ६ जनाको गिरफ्तारी, १ जनाको हिरासतमा मृत्यु, १ जनाको कारागारमा मृत्यु तथा ९ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । संयोजक जोशीका अनुसार इन्सेकले तथ्यांक सङ्कलन मात्र नभई मानव अधिकार उल्लंघन रोक्न प्रयास गरिरहेको छ । उनले सञ्चारकर्मीहरूलाई यस्ता मुद्दालाई प्राथमिकताका साथ उठाउन आग्रह गरे ।
सम्बन्धित पाेस्टहरु