प्रज्ञा–प्रतिष्ठानले धनगढीमा आज ललितकला प्रदर्शनी गर्दै

अत्तरिया : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आज (बिहिबार) फागुन ८ देखि धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ ।
प्रादेशिक प्रदर्शनीका लागि प्रदेशका डेण सय भन्दा बढी कलाकारका कला कृति दर्ता भैसकेको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले बताए ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको कार्यालय हसनपुरमा हुने ललितकला प्रदर्शनीको आज दिउसो १ बजे उद्घाटन हुने उपकुलपति जोशीले बताए । पाँच दिनसम्म हुने प्रदर्शनी फागुन ८ देखि १२ गतेसम्म बिहान १० बजेदेखि पाँच बजेसम्म अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । प्रदर्शनीमा सुदूरपश्चिमका चित्रकला, मूर्तीकला, लोककला र हस्तकलाको प्रदर्शनी हुने जनाइएको छ ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. टीएन जोशीले सुदूरपश्चिम प्रदेशमा ललितकलाको विकास पछाडि परेकोले गतवर्षबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसंगको सहकार्यमा प्रादेशिक प्रदर्शनी शुरू गरिएको बताए । उपकुलपति जोशीले प्रदर्शनी अवलोकनका लागि सबै सरोकारवाला, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, कलाकार, स्रष्टा, राजनीतिकर्मी, समाजसेवी सबैलाई आमन्त्रण गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.