एक्सिस कलेजमा भएको रक्तदान कार्यक्रममा ७३ पिन्ट रगत संकलन

अत्तरिया : धनगढी ५ तारानगर स्थित एक्सिस प्लस टु कलेजले आयोजना गरेको रक्तदान कार्यक्रमा ७३ पिन्ट रगत संकलन भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा उक्त परिणामको रगत संकलन भएको हो । एक्सिस कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम सातौ पटक रहेको कलेजका संयोजक घनश्याम मलासीले बताए । उनले बिगत सात बर्षदेखि कलेजले नियमित रुपमा रक्तदान गर्दै आइरहेको समेत जानकारी दिए ।
रक्तदान कार्यक्रममा प्रदेशमै सबैभन्दा धेरैपटक रक्तदान गरि रक्तदानको क्षेत्रमा जागरण फैलाउन अहम भुमिका खेलेको भन्दै प्रदेश सरकारका स्वास्थ्य दुत तथा सर्वाधिक रक्तदाता दीपक उपाध्यायलाई कदर पत्रले सम्मान गरिएको संयोजक घनश्याम मलासीले बताए । उपाध्यायालाई कलेजकी प्राचार्य अनिता पन्तले सम्मान गरेकी थिइन ।
रक्तदान कार्यक्रम अघि रक्तदान किन आवश्यक छ ? यो किन गर्नु पर्छ रुभन्ने बारेमा संचारकर्मि समेत रहेका स्वास्थ्य दुत उपाध्यायले विद्यार्थीहरुलाई जानकारी गराएका थिए । एक्सिस युथ रेडक्रस र एक्सिस इको क्लबको समेत आयोजना रहेको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग रक्त संचार केन्द्र धनगढीले गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.