बझाङमा एक जना शिक्षक मृत फेला

अत्तरिया : बझाङको विथ्थडचिर गाउँपालिका वडा नं. ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका छन्। आज (सोमबार) विहान, शिक्षक बोहराको शव विथ्थडचिर गाउँपालिका स्थित स्याडी प्रहरी चौकी र वित्थडको बीचमा रहेको खोलापट्टी भिरमा अड्केको अवस्थामा भेटिएको हो।
प्रारम्भिक जानकारी अनुसार, उनको शव जयपृथ्वी राजमार्गदेखि तल खोलापट्टी भिरमा पुगेको देखिन्छ। यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बझाङको टोली घटनास्थलतर्फ गइसकेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.