राप्रपाको अत्तरियादेखि धनगढीसम्म वृहत् मोटरसाइकल -याली

अत्तरिया, १३ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कैलालीको अत्तरियादेखि धनगढीसम्म वृहत मोटरसाइकल ¥याली निकालेकोे छ ।
आज (मंगलबार) राष्ट्रवादी युवा समुह र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय झण्डा सहितको वृहत ¥याली निकालेको हो । -यालीमा सहभागीहरुले प्रदेश संरचना खारेज गर, हिन्दु राज्य कायम गर जस्ता नाराहरु लगाएका थिए ।
र्याली धनगढी पुगेर कोण सभामा परिणत भएको छ । र्याली पछिको कोण सभालाई सांसद धबल सम्शेर राणाले सम्बोधन गरेका हुन । प्रदेश संरचना खारेज, राज संस्था सहितको हिन्दु राज्य पुनःस्थापन र भ्रष्टाचार विरुद्ध दबाब दिने उदेश्यले र्यालीको आयोजना गरिएको राप्रपाले जनाएकोे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.