अत्तरिया, १३ फागुन : प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी चयन भएका छन् । डडेल्धुराको आलितालमा सम्पन्न प्रेस सेन्टरको तेस्रो अधिवेशनले जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशीमा मुकेश चौधरी, उपाध्यक्ष महिलामा जानकी धामी, महासचिवमा तेजराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, सचिवमा सुभाष कठायत, ललित बोहरा, होम साउद, पदम सुनार, पहिलाद राना र कोषाध्यक्षमा दीपकराज अवस्थी चयन भएका छन् । सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् ।
सम्बन्धित पाेस्टहरु