बसन्तपुरको एपेक्स एकेडेमीको १५ औँ वार्षिकोत्सव सम्पन्न

अत्तरिया, १८ फागुन : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरमा रहेको एपेक्स एकेडमी को १५ औ वार्षिकउत्सव सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । यस विद्यालयले समाजमा रचनात्मक काम गर्दै आएको छ । दशँैँ तथा तिहार विदामा तरकारी, फलफूलका बीउ दिन सुरु गरेको छ ।
विद्यार्थीलाई कृषिसंगै प्रविधियुक्त बनाउनुका लागि बिदामा तरकारी र फलफूलका बीउ दिन सुरु गरेको हो । विद्यार्थीलाई पढाईका साथै कृषि तथा प्रविधिमा जोड दिनलाई यस्तो गरिएको विद्यालयका प्रिन्सिपल समिर महराले बताए । कार्यक्रम विद्यालयका अध्यक्ष मदन शर्मा को सभापतित्वमा भएको हो । कक्षा नौ सम्म पढाई हुने विद्यालयमा ४ सय जना विद्यार्थीहरु रहेका छन् । कार्यक्रममा विद्यालयमा सञ्चालित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरेको थियो । यस्तै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । वार्षिकोत्सव कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.