गुराँस एकेडेमीको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया, २३ फागुन : गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गुराँस एकेडेमीको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । विद्यालयका कार्यकारी निर्देशक डम्मरसिंह कडायतको अध्यक्षतामा भएको कार्यक्रमको गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले समुदघाटन गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख बिरेन्द्र भट्टले शिक्षा आजको आवश्यकता अनिवार्य रहेको बताए । उनले २१ औं शताव्दीमा विद्या विना कुनैपनि मानिसलाई जिविकोपार्जन गर्न सहज नहुने बताए । उनले भने, ‘२१ औं शताव्दीमा विद्या विना काम गर्न सहज छैन् । जिविकोपार्जन गर्न बदलिदो प्रविधिसंग विद्यार्थीहरु अघि बढ्न आवश्यक रहेको छ । यसका लागि शिक्षा आवश्यक छ ।’ उनले विद्यालयले गुणस्तरिय शिक्षासंगै व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताए ।
विद्यालयको शिक्षा सुधारका लागि अभिभावकहरुको चाँसो हुन जरुरी रहेको बताए । उनले भने, ‘विद्यालयको शिक्षामा गुणस्तर ल्याउन अभिभावक बढी जिम्मेवार हुनुपर्छ ।’ उनले गुराँसको शिक्षामा सुधार हुनुमा अभिभावकको चाँसोनै मुख्य कारण रहेको बताए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ–आफनो प्रतिभा, नृत्य तथा कलाहरु प्रस्तुत गरेका थिए । २०६८ साल देखि द नेशनल एकेडेमीको नामबाट सञ्चालित यो विद्यालय २०७२ साल देखि गुराँस एकेडेमीको नामबाट संचालनमा आएको हो । १ सय ७२ जना विद्यार्थीबाट शुरु भएको गुराँस एकेडेमीसंग करिब ८ सय विद्यार्थीहरु अध्ययनरत छन् । अत्तरिया क्षेत्रमा राम्रो शैक्षिक संस्था अभावमा अन्यत्र विद्यार्थी पठाउनुपर्ने बाध्यताको अन्त्य गर्न गुराँस एकेडेमीले समय सुहाउँदो शिक्षा दिइरहेको जनाईएको छ ।
एकेडेमीका सञ्चालक डम्बर कडायतले विद्यालयको आफ्नै मौलिकता पहिचान सामाजिक उत्तरदायित्व, सुसंस्कृत व्यवहार र समय सुहाउँदो वैज्ञानिक शिक्षाको कारण यो विद्यालय आज यस क्षेत्रका अभिभावकहरुको पहिलो रोजाईमा परेको बताए । ५ करोड भन्दा बढी लगानी गरिसकेको विद्यालयले सुविधामा आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार, प्रशस्त खेल मैदान र पठन पाठनमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु रहेका छन् । गुराँस एकेडेमी, समय परिवर्तन सँगसँगै नयाँ सोच, विचार, आवश्यकता र परिवेशलाई ध्यान दिदै आएको छ’ कडायतले भने ‘गुराँस एकेडेमी अहिले सवैको रोजाईमा पर्न सफल भएको यति मात्रै होइन यो क्षेत्रमै गुराँस एकेडेमी चम्किलो तारा बनेर उदाई रहेको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.