अत्तरियाबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

अत्तरिया : कैलालीको गोदावरीबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा कैलाली गोदावरी नगरपालिका–२ अत्तरिया पहाड रोड स्थित बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ कोठा गरी बस्ने २५ वर्षकी ट्युङ्कल शाहको कोठाबाट ट्युङ्कल शाह, दार्चुलाको शैल्यशिखर नगरपालिका–२ बस्ने २० वर्षीय सागर ठगुन्ना र बझाङ्गको जयपृथ्बी नगरपालिका–७ बस्ने ३५ वर्षकी अनु मल्ल लागूऔषधसहित पक्राउ परेका छन् ।

तिनै जनालाई १ ग्राम ४६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.