अत्तरियाको राम जानकी मन्दिर सेवा समितिको ८ औं साधारण सभा सम्पन्न

अत्तरिया, २४ फागुन : गोदावरी नगरपालिका वडा नं. १ अत्तरियामा रहेको राम जानकी मन्दिर सेवा समितिको ८ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार समितिका अध्यक्ष पीआर चटौतको अध्यक्षतामा सम्पन्न सभामा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी प्रमुख अतिथि रहेका थिए ।
विशिष्ट अतिथिको रूपमा गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट, समाजसेवी तथा युवा नेता लोकराज पाण्डेय (आगो), लगायत स्थानीय धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सभामा हिन्दू धर्मको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष छलफल गरिएको थियो । साथै, मन्दिरका लागि उल्लेखनीय योगदान पुगाउने व्यक्तिहरूलाई सम्मान गर्नेक्रममा धनगढी निवासी जीवनप्रसाद जोशीलाई सम्मानित गरिएको थियो । साथै, आजीवन सदस्यता कार्ड वितरण गरिएको थियो ।
समारोहमा सहभागी वक्ताहरूले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै मन्दिर समितिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.