अत्तरियाको राम जानकी मन्दिर सेवा समितिको अध्यक्षमा पुनः चटौत

अत्तरिया, २४ फागुन : गोदावरी नगरपालिका–१ मा रहेको राम जानकी मन्दिर सेवा समितिको अध्यक्षमा पुनः पीआर चटौत चयन भएका छन् । शनिबार सम्पन्न समितिको ८ औं साधारण सभाबाट छटौतको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा देवकी भट्ट, सचिवमा तिलकप्रसाद भट्ट, कोषाध्यक्षमा भोजराज भट्ट, सह–सचिवमा गोविन्दबहादुर विष्ट चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा हरिनादेवी भट्ट, कृष्णबहादुर दोहरा, तेजराज कापडी, विष्णु भट्ट, धिरेन्द्र कुमार शाही र लालबहादुर चौधरी रहेका छन् । यस्तै साधारण सभाले सल्लाहकार समिति पनि चयन गरको छ । गोपालदत्त भट्टको संयोजकमा सल्लाहकार समिति चयन गरेको हो । सल्लाहकार समितिको सदस्यमा कामदेव जोशी, रामचन्द्र अवस्थी, वमबहादुर शाही, रोहित जोशी, प्रताप महरा रहेका छन् ।
यस अघि सम्पन्न साधारण सभामा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट, समाजसेवी तथा युवा नेता लोकराज पाण्डेय (आगो), लगायत स्थानीय धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सभामा हिन्दू धर्मको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष छलफल गरिएको थियो । साथै, मन्दिरका लागि उल्लेखनीय योगदान पुगाउने व्यक्तिहरूलाई सम्मान गर्नेक्रममा धनगढी निवासी जीवनप्रसाद जोशीलाई सम्मानित गरिएको थियो । साथै, आजीवन सदस्यता कार्ड वितरण गरिएको थियो ।
समारोहमा सहभागी वक्ताहरूले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै मन्दिर समितिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.