अत्तरिया, २७ फागुन : धनगढीको सारथि अस्पतालका सञ्चालक मोहन सिंह सम्मानित भएका छन् । राष्ट्रिय सेवा सम्मान २०८१ बाट आज (मंगलबार) काठमाण्डौँमा आयोजित कार्यक्रममा सम्मनित भएका हुन । स्वास्थसेवी तथा सेवामूलक व्यवसायी समाजसेवीको रुपमा योगदान गरे बाफत उनलाई सम्मान गरेको जनाएको छ ।
फोकस नेपाल संस्थाले काठमाण्डौँमा कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एंव नेपाल सरकारका पूर्व प्रधानमन्त्री झलनाथ खनालले खादा र कदरपत्र दिएर सम्मान गरे ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष रामचन्द्र पोख्रेलको सभापतित्वमा भएको हो । सिंह धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर सहकारीको अत्तरिया शाखामा कार्यरत कर्मचारी समेत हुन् ।
सम्बन्धित पाेस्टहरु