अत्तरिया, २८ फागुन : नीजि तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रिय सचिवमा सुदूरपश्चिमका यज्ञराज हमाल (योगेन्द्र ) निर्वाचित भएका छन् ।
मंगलबार राति प्याब्सन को १६ औँ अधिवेशनको क्रममा भएको निर्वाचनमा उनी लोकप्रिय मत सहित निर्वाचित भएका हुन् । उनले कुल खसेको मतको ४ सय ३ मत पाए । हमाल २८ बर्ष देखि शिक्षा क्षेत्रमा सक्रिय छन् । संस्थागत विद्यालयको हकहितको लागि अव आफुले काम गर्ने प्रतिक्रिया दिएका छन् । हमाल गोदावरी –२ अत्तरियामा रहेको जन कल्याण इङलिस स्कुलका संस्थापक हुन । हमाल विद्यालय क्षेत्र संगै विभिन्न सामाजिक संस्थामा पनि सक्रिय छन् ।
यस्तै सुदूरपश्चिमबाट प्याब्सनको केन्द्रिय उपाध्यक्ष (भूगोल) मा ललित पन्त, केन्द्रिय सदस्यमा तपेन्द्र शाह, यमराज भट्टराई, अमराज भट्ट र सिपि न्योपाने निर्वाचित भएका छन् ।
सम्बन्धित पाेस्टहरु