कृषि उपज थोक बजार अत्तरियाको नयाँ कार्यसमिति चयन,अध्यक्षमा जोशी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा रहेको संघीय कृषि उपज थोक बजार व्यवस्थापन समिति अत्तरियाको नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको बिहिबार भएको चुनावी सभाबाट अध्यक्षमा डिल्लीराज जोशी चयन भएका छन् । जोशी निवर्तमान समितिका सदस्य हुन् ।

समितिको सदस्यहरुमा जयराज पनेरु, तेजराज पनेरु, पदमराज रिजाल, एनिला चौधरी र धर्मराज कडेल चयन भएका छन् । संघीय कृषि उपज थोक बजार व्यवस्थापन समितिमा तीनजना कृषकबाट र तीनजना व्यवसायीबाट छनोट गर्नुपर्ने व्यवस्था रहेको छ । सोहि बमोजिम सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.