अत्तरिया : कैलालीको अत्तरियामा रहेको हाम्रो सुदूरपश्चिम होटलका सञ्चालक ५५ वर्षीय लोक बहादुर बिष्ट माथि निर्घात कुटपिट भएको छ । शुक्रवार साँझ कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीमा उनीमाथि कुटपिट भएको हो ।
बाणी निवासी बिष्टलाई लालझाडी गाउँपालिका–५ का ललित मल्लले कुटपिट गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । कुटपिटबाट बिष्टको टाउकोमा चोट लागेको छ ।
कुटपिटबाट घाइते बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । घाइते बिष्टले शुक्रवार बिहान सामान्य वादविवाद हुँदा कुटपिट गरेको बताए । बिहान चिया पसलमा बसेको बेला सामान्य वादविवाद भएको थियो । राजाका विषयमा सामान्य वादविवाद भएको थियो ।
सम्बन्धित पाेस्टहरु