राप्रविसं र अनेरास्ववियुका उम्मेदवार नै नेविसंघमा प्रवेश

अत्तरिया, २ चैत : कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रवेश गरेका छन् ।
कैलालीको लम्की बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ)बाट मनोनयन दिएका दुई उम्मेदवारले नेविसंघ प्रवेश गरेका हुन् ।
राप्रविसंघतर्फबाट कोषाध्यक्षका उम्मेदवार कविता पाण्डे र अनेरास्ववियुबाट समानुपातिक उम्मेदवार लक्ष्मी देवकोटाले आ–आफ्नो संगठन परित्याग गरेर नेविसंघ प्रवेश गरेको केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए ।

नेविसंघका उम्मेदवारहरूसँग अन्तरक्रियाका लागि शनिबार लम्कीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले समानुपातिक उम्मेदवार देवकोटालाई नेविसंघको सदस्यता प्रदान गरेका थिए । राप्रविसंघबाट कोषाध्यक्षमा मनोनयन गरेकी पाण्डले बिहीबार नै नेविसंघ प्रवेश गरेको विद्यार्थी नेता अवस्थीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.