अत्तरिया चौकी डाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडामा स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिवार राती साढे ८ बजे अत्तरियाबाट गुलरिया तर्फ गइरहेको स्कारपियो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ का सुदिप रानाको मृत्यु भएको हो ।
बा१७ च ९६४५ नम्बरको उक्त स्कारपियो दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले जानकारी दिए । स्कारपिओ अनियन्त्रित भएर राजमार्ग किनारमा रहेको एक घरमा ठोक्किएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.