अत्तरिया पहाड रोडका पसलमा चोरी

अत्तरिया, ४ चैत : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ पहाड रोड तेघरीका विभिन्न पसलमा चोरी भएको छ । आईतबार राति स्थानीय प्रकाश एण्ड हेमा जनरल स्टोरमा सबै भन्दा ठूलो धनमाल चोरी भएको जनाएको छ । जनरल स्टोरका सञ्चालक हंश कडायतका अनुसार पसलमा रहेको रीचार्ज कार्ड, मदिरा र नगद ४० हजार समेत चोरी भएको हो ।


यस्तै पहाड रोडमा रहेको पेट्रोल पम्प, मोटर साईकल वर्कशप, चित्रा स्टिल एण्ड फर्निचर उद्योग र राधा कृष्ण मन्दिरमा तोडफोड गरेको छ । अत्तरियामा पटक–पटक चोरी तथा लुटपाटका घट्ना हुने गरेका छन् । यसमा प्रहरी प्रशासनको ध्यान जान नसकेको स्थानीयहरुको आरोप रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.