दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाण्डौँ, ५ चैत : कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले संयुक्त रुपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सूर्य राखिएको छ । लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन् । अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.