अत्तरिया, १० चैत : कैलालीको गौरीगंगा नगरपालिका मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको समानुपातिक निर्वाचन सम्पन्न भएको छ ।
आईतबार स्ववियु उप–सभापति र सहायक सचिवका लागी निर्वाचन भएको हो । १५ जना मतदाता संख्या रहेको चुनावमा नेविसंघबाट चन्द्रा बम र अखिल क्रान्तिकारी बाट रन्जित चौधरी उम्मेद्र रहेका थिए । जसमा उप सभापति पदका नेबिसंघका उम्मेदवार बमले ८ मत प्राप्त गरेर विजयी बनिन भने अर्का उम्मेदवार अखिल क्रान्तिकारीका चौधरीले ७ मत प्राप्त गरिन ।
त्यसैगरी सहायक सचिवमा अखिल क्रान्तिकारीबाट आकृती चौधरी र अनेरास्ववियु बाट गिता धामी चुनावमा लडाईमा थिइन । अनेरास्ववियु बाट गिता धामी ८ मत प्राप्त गरि बिजयी र आकृति चौधरी ७ मत ल्याएर पराजित भएको नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव हेमन्त बाजे ले जानकारी दिए । चैत्र ५ गते स्वबियु निर्वाचन सम्पन्न भएको थियो ।