अत्तरिया : काठमाडौँको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा राजावादी समूह प्रवेश गरेर तोडफोड र लुटपाट गरेका छन्। दिउसो ३ : ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन्। सार्वजनिक भिडिओमा प्रदर्शनकारीले भाटभटेनीमा रहेको फलफुल, महँगो मूल्यका मदिराहरू लिएर भागेका छन्।
लुटपाट गर्नेलाई भाटभटेनीकै सुरक्षाकर्मीले लखेटेका थिए।