राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

अत्तरिया : राजसंस्था पुनस्र्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ।

एभिन्युज टेलिभिजनका एक पत्रकारको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको बताए ।

‘जलेको अवस्थामा एक जनाको शव फेला परेको छ, सनाखत हुन सकेको छैन,’ उनले भने । एभिन्युज टिभीका एक जना पत्रकारका अनुसार उक्त घरमा एभिन्युजका एक जना पत्रकारले भिडिओ खिच्दै थिए। ‘उहाँको जलेर मृत्यु भएको भन्ने छ, प्रहरीले टेलिभिजनका प्रमुखलाई बोलाएको छ, उहाँ जानुभएको छ,’ ती पत्रकारले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.