कैलारी गाउँपालिकामा पनि मनाईयो ६८ औ राष्ट्रिय सहकारी दिवस

अत्तरिया : कैलारी गाउँपालिकाको हसुलियामा ’मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने नारा का साथ ६८ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ । कैलारी गाउँपालिकामा रहेका सहकारी संस्थाहरु, बि.एफ.सि क्लब कैलारी र सिएमसि कैलारीको संयुक्त आयोजनामा भब्यताका साथ दिवस मनाएको हो ।

६८ औ सहकारी दिवस मुल आयोजक समितिकि संयोजक कौशी बोहराको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि कैलारी गाँउपालिका उपाध्यक्ष भगवती चौधरी थिईन भने स्वागत मन्तब्य बि.एफ.सि क्लबका अध्यक्ष युवराज जोशीले गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष रोशन सिंह र रक्तसञ्चार केन्द्र धनगढी की प्राविधक सोनिका बखरियाले गरेका हुन । सोहि अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । २८ जना रक्तदाताले रगत दान गरेका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.