धनगढीमा १३ वर्षीया बालिकालाई करणी, एक युवक पक्राउ

अत्तरिया, २५ चैत : कैलालीको धनगढीमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा २४ वर्षीय एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम् साह रहेको प्रहरीले जनाएको छ । शाहलाई आइतवार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.