अत्तरिया : धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अवस्थित माया मेट्रो हस्पिटल प्रालिले बझाङस्थित सुनकुडा क्याम्सका विद्यार्थीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता गरेको छ । आज सम्पन्न सम्झौतामा हस्पिटलका निर्देशक डा. मोहन साउद र सुनकुडा क्याम्सका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष कपिल विष्टले हस्ताक्षर गरेका हुन् ।
उक्त सहमति अनुसार क्याम्सका विद्यार्थीहरूले हस्पिटलमा गरिने विभिन्न उपचार सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापछि दुवै पक्षले विद्यार्थीहरूलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।