अत्तरिया, २५ चैत : गोदावरी नगरपालिका वडा नं १ अत्तरियाको पृथ्वीनगर टोलमा रहेको शिव मन्दिर व्यवस्थापन समितिको पहलमा सशस्त्र प्रहरी बल नेपाल, मद्दती तथा सेवा गुल्म अत्तरिया र स्थानीय बासिन्दाहरूको सहकार्यमा हरित पार्क निर्माणका लागि सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
सोमबार मन्दिर क्षेत्र वरपर रहेको झाडी तथा फोहोर सरसफाइ गरी वातावरणीय सौन्दर्य तथा स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । अभियानमा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त कार्यमा गुल्मपति प्रा.स.प्र.नि. (इञ्जिनियर) संजयकुमार यादवको नेतृत्वमा स.प्र.ना.नि. शंकरदत्त बोेगटी, स.प्र.स.नि. दलबहादुर सुनारी, स.प्र.स.नि. सरोज केसी, स.प्र.ब.ह डम्बरबहादुर भण्डारी, स.प्र.ह.क्रमशः किसन सिंह धामी, चक्र बहादुर बिष्ट, जयन्त बहादुर चन्द, बसन्त बम, गणेश भण्डारी, स.प्र.स.ह.क्रमशः केशव कुँवर, रूपराज भण्डारी, हिक्मत भट्टराई, नरेन्द्र बहादुर बोेहरा, हर्कबहादुर बलायर लगायतको सक्रिय सहभागिता रहेको थियो ।
त्यस्तैगरी स.प्र.ज. क्रमशः राजेन्द्रप्रसाद जोशी, तारा पौडेल, शान्ति कुमारी धामी, लक्ष्मण बहादुर विक, राजेन्द्र महरा, कृष्ण बहादुर महरा, दिपेश मल्ल, भुवन चौधरी, बलदेव भट्ट, भागिराम चौधरी, महेश थापा र प्रा.स.प्र.ज. नरेन्द्र प्रसाद भट्टको पनि योगदान सराहनीय रहेको हो । शिव मन्दिर व्यवस्थापन समितिले सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेको छ ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा विभिन्न शिक्षकले हालका शैक्षिक चुनौती, नीति निर्माणमा शिक्षकहरूको सहभागिता, र संगठनको भावी कार्यदिशा सम्बन्धमा मन्तव्य राखेका थिए ।