तीनकुनेमा ज्यान गुमाएका परिवारलाई भाटभटेनीको राहत

काठमाडौँ : तीनकुने घटनामा परेर ज्यान गुमाएका परिवारलाई भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङले राहत वितरण गरेका छन् । अध्यक्ष गुरुङले कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरे ।

यसअघि अध्यक्ष गुरुङले पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरेका थिए । आर्थिक राहतसँगै सविनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत अध्यक्ष गुरुङले प्रतिबद्धता जनाएका छन् । राजावादी समूहको आन्दोलनमा गत चैत १५ गते तीनकुनेमा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.