धनगढी उपमहानगरको कक्षा ८ को नतिजा सार्वजनिक, ६१ .५५ प्रतिशत विद्यार्थी उत्तीर्ण

अत्तरिया : धनगढी उपमहानगरपालिकाको आधारभूत तह कक्षा ८ को परीक्षा सार्वजनिक भएको छ । बुधवार उपमहानगरपालिकाले सार्वजनिक गरेको शैक्षिकसत्र २०८१ को नतिजा गत वर्ष र अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।
शैक्षिकसत्र २०७९ मा धनगढीका ४४ सामुदायिक विद्यालयको कक्षा ८ मा जम्मा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी पास भएका थिए। यस्तै, गत शैक्षिकसत्र २०८० मा सामुदायिक विद्यालय तर्फ कक्षा ८ का ३० दशमलव ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यो वर्ष थप सुधार भएर कुल परीक्षार्थीको ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको युवा, खेलकुद तथा शिक्षा महाशाखाले जनाएको छ।
महाशाखाले प्रकाशित गरेको नतिजामा यो शैक्षिकसत्रमा ४४ सामुदायिक विद्यालयबाट दुई हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक हजार २३३ जना पास भएका हुन्।

सामुदायिक विद्यालय तर्फ ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा धनगढीका ६३ संस्थागत विद्यालयबाट भने ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ।
धनगढीका जम्मा १०७ सामुदायिक र संस्थागत विद्यालयको परीक्षाको नतिजामा सुधार हुँदै यो वर्ष ६१ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५१ दशमलव ४० प्रतिशत पास भएकामा शैक्षिकसत्र २०७९ मा ३२ दशमलव ७८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.